भ्रष्ट कम्युनिस्ट सरकारलाई गलहत्याउने दिन आउँदैछः मीनकृष्ण महर्जन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभाग सचिव मीनकृष्ण महर्जनले कम्युनिस्टका कारण लोकतन्त्र धरापमा परेको टिप्पणी गरेका छन् ।

काठमाडौंमा आइतबार खेलकुद विभागले आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महर्जनले जनताले पत्याएर कम्युनिस्टहरूलाई झण्डै दुईतिहाइको बहुमत दिँदा पनि सिन्को भाँच्न नसकेको बताए । कम्युनिस्ट सरकारले मुलुकमा भ्रष्टाचार, बेथिति, अराजकता मच्चाएकै कारण लोकतन्त्रबाट जनताको विश्वास गुम्नेको हो कि भन्ने खतरा बढेर गएको बताए ।

‘कम्युनिस्टहरूकै मुलुकको राष्ट्रियता समेत कमजोर भएको छ’, उनले भने, ‘कम्युनिस्टका कारण राजनीतिक दलमाथिको विश्वास गुम्दै गएको छ ।’

‘इतिहासमा अहिले सम्मकै नालायक र भ्रष्टाचारमा चुर्लुम्मै डुबेको कम्युनिस्ट सरकारलाई जनताले सडकबाट गलहत्यार फाल्ने दिन आउँदै छ’, कांग्रेसका युवा नेता समेत रहेका महर्जनले भनेका छन् ।

उनले कोरोना महामारीका बेला देशमा रगतको अभाबको नहोस भनेर देशभरि खेलकुद विभागको आयोजनामा रक्तदान कार्यक्रम अभियानकै रुपमा सञ्चालन गरिएको बताए ।

रगत अभावकै कारण नेपाली जनताको मृत्यु नहोस् भन्ने उदेश्यका साथ देशभरि रक्तदान कार्यक्रम गरिरहेको उनले बताएका छन् ।

खेलकुद विभागले देशभरि रक्तदानको कार्यक्रम सञ्चालन गर्दै आएको छ । ललितपुरबाट शुरु भएको रक्तदान कार्यक्रम अधिकांश जिल्लामा सम्पन्न भइसकेका छन् ।

विभागका प्रमुख एवम् केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत रक्तदान भएका स्थानमा आफै पुगेर रक्तदाता र कांग्रेसका कार्यकर्ताहरूको मनोबल उच्च बनाइरहेका छन् ।

Published : Sunday, 2020 November 29, 5:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया