महासंघमा कांग्रेस निकटका गैरे सदस्यमा निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको सदस्य पदमा विष्णुप्रसाद गैरे निर्वाचित भएका छन् ।

निर्वाचन समितिका अनुसार गैरे शनिबार राति नै निर्वाचित भएका हुन् । गैरेले सबैको सहयोग र साथले महासंघको सदस्य पदमा निर्वाचित भएको बताएका छन् ।

उनले वैदेशिक रोजगार व्यवसायीहरूको आवाजलाई महासंघमा आफूले जोडदार रुपले उठाउने समेत बताएका छन् ।

नेपाल बैदशिक रोजगार ब्यवसायी संघका अध्यक्ष समेत रहेका गैरेले महासंघको बस्तुगत संघतर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अध्यक्ष गैरेलाई महासंघको सदस्य पदमा उम्मेदवार बनाएको थियो ।

महासंघको सदस्य पदमा निर्वाचित गैरे नेपाली कांग्रेस निकटका हुन् ।

Published : Sunday, 2020 November 29, 9:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया