पूर्वएमालेका नेताद्वारा ओली समूहको भण्डाफोर, हरुवाहरूलाई औकात सम्झाइदिए

काठमाडौं । सत्तारुढ नेपाल कमयुनिस्ट पार्टी (नेकपा)मा आरोप प्रत्यारोपको वर्षा जारी छ ।

नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध विभिन्न लाञ्छनाहरू लगाएर सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेपछि विवाद छ ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने केन्द्रीय सदस्य विष्णु रिजालले माओवादीका कारण एमालेका धेरैले जितेको बताएका छन् । उनले पार्टी एकीकरणपछि सबैभन्दा धेरै पदमा बसेर अवसर पाउनेहरूले नै माओवादीको आलोचना गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

‘साविक माओवादीसँग एकता भएकै कारण साविक एमालेका जो–जो नेताहरू व्यक्तिगत, पारिवारिक र राजनीतिक रूपमा लाभान्वित हुनुभएको छ उहाहरू नै साविक माओवादीप्रति कठोर र असंहिष्णु हुनुको कारण बुझ्न सकिएन’, नेता रिजालले भनेका छन् ।

‘कसैलाई आरोप लगाएको होइन– कृपया २०७० मा एक्लै लड्दा र २०७४ मा माओवादीसँग मिलेर लड्दा क–कसले हारे–जिते, त्यति परिणाम केलाएर हेर्दा आफ्नो हैसियत थाहा भइहाल्छ’, उनले भने ।

नेकपाका नेता रिजालले भने, ‘त्यसैले मिलौं । चुनाव आउन दुई वर्ष पनि छैन ।’ ओली निकटका नेताहरूले पूर्वमाओवादी नेताहरूको चर्को आलोचना गर्दै आएका छन् ।

Published : Saturday, 2020 November 28, 12:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया