रुकुम पश्चिममा जन्ती बोकेको जीत दुर्घटना, चारको मृत्यु

आठबीसकोट । रुकुम पश्चिम जिल्लाको पोखरामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

शुक्रबार राति आठ बजे आठबीसकोट नगरपालिका–७ को पोखरामा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आठबीसकोट–८ का अन्दाजी ५१ वर्षीय गोरे नेपाली, ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।

दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली सख्त घाइते रहेको डिएसपी केसीले बताएका छन् ।

रोकेर यात्रु ओरालिरहेको गाडी एक्कासि पछि सरेर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । (फाइल तस्बिर)

Published : Friday, 2020 November 27, 11:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया