कांग्रेस सरकारमा होइन, जनताको आवाज उठाउन सडकमा जानुपर्छः सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कम्युनिस्टहरूको आन्तरिक कलहमा कांग्रेसलाई कुनै सरोकार नरहेको बताएका छन् ।

नेता सिटौलाले बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर नेकपा र सरकारको आन्तरिक विषयमा कुनै चासो नरहेको बताएका हुन् । उनले जनताको आवाज उठाउन कांग्रेस सडकमा जान ढिलाइ गर्न नहुने बताएका छन् ।

‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र सरकारको आन्तरिक कलहमा नेपाली कांग्रेसको कुनै सरोकार छैन’, नेता सिटौलाले भनेका छन् ।

उनले भने, ‘नेकपा पार्टी फुट्छ र कांग्रेस सरकारमा जान्छ भन्ने भ्रममा हामी पर्न हुन्न ।’

‘प्रतिपक्षको हैसियतले जनताको आवाज उठाउन कांग्रेस सडकमा जानुपर्छ’, कांग्रेस नेता सिटौलाले भनेका छन् ।

कम्युनिस्टभित्रको आन्तरिक झगडाले पार्टी नेकपा विभाजन भयो भने कांग्रेस सरकारमा जाने भनेर हल्ला चलिरहेका बेला नेता सिटौलाले सरकारमा जाने विषय खारेज गरिदिएका छन् ।

Published : Wednesday, 2020 November 25, 8:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया