भारतीय विदेश सचिव श्रृंगलाको नेपाल भ्रमणको कार्यक्रम सार्वजनिक

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले यही मंसीर ११—१२ मा नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।

विदेश सचिव श्रृंगलाले कार्यभार सम्हालेपश्चात नेपालका लागि उनको यो पहिलो भ्रमण हो ।

भ्रमण नेपाल–भारत सम्बन्धको प्राथमिकता र दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको निरन्तरताअनुरुप रहेको जारी विज्ञप्तिमा भनिएको छ ।

भ्रमणको क्रममा विदेश सचिवले आफ्नो समकक्षी र अन्य विशिष्ट नेपाली अधिकारीहरूलाई भेटेर दुई देशबीच विस्तृत द्विपक्षीय सहयोगको बारेमा छलफल गर्ने छन् ।

नेपालसँग भारतको ऐतिहासिक तथा मानव सभ्यताका कडीहरू जोडिएको छ ।

हालका वर्षहरूमा भारतको सहयोगमा कैयौं प्रमुख पूर्वाधार तथा अन्तरदेशीय कनेक्टिभीटी परियोजनाहरू सम्पन्न हुनुका साथै द्विपक्षीय सहयोग सुदृढ भएको छ ।

भारत र नेपालबीच रहेको द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन यो भ्रमण निकै नै महत्वपूर्ण हुनेछ ।

Published : Tuesday, 2020 November 24, 10:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया