कांग्रेससँग सहमति भयो भने नेकपा फुट्ने

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का मोहन बैद्यले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद पद र प्रतिष्ठाको लडाइँ भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष बैद्यले नेकपामा सैद्धान्तिक विवाद नरहेको बताए । उनले नेकपा तत्काल विभाजन हुने सम्भावना आफूले नदेखेको बताए ।

‘नेकपामा सैद्धान्तिक विवाद होइन । आन्तरिक कलह हो । नेकपामा सिद्धान्तको कुरा छैन’, बैद्यले भने, ‘पद प्रतिष्ठाका कुरा मिल्यो भने पार्टी मिल्छ । होइन भने भन्न सकिदैन ।’

नेपाली कांग्रेससँग प्रधानमन्त्री केपी ओलीजीले गरेको सम्वादप्रति बेखुसी देखिएका बैद्यले भने, ‘ओली र कांग्रेसबीच सहमति भएको हो भने पार्टी मिल्न सक्दैन । प्रचण्डजीले ओलीलाई साथ दिने सम्भावना छैन ।’

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र प्रचण्ड कम्युनिस्ट नभएको उनले आरोप लगाए । ‘उहाँहरू कम्युनिस्ट होइन’, बैद्यले भने, ‘कम्युनिस्ट भनेको हामी हो ।’

Published : Monday, 2020 November 23, 6:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया