काठमाडौं र भक्तपुरसहित पाँच जिल्लामा सीडीओ फेरि

काठमाडौं । गृह मन्त्रालयले पाँच जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ ।

मन्त्रिस्तरीय निर्णयबाट आइतबार सीडीओहरूको सरुवा र हेरफेर गरिएको हो ।

काठमाडौंमा गृह मन्त्रालयका सह–सचिव काली पराजुलीलाई सीडीओ बनाएर सरुवा गरिएको स्रोतले जनाएको छ ।

काठमाडौंका सीडीओ जनकराज दाहाललाई गृह मन्त्रालय तानिएको छ ।

भक्तपुरमा प्रेम भट्टराईको सरुवा भएको छ । भट्टराई यसअघि धनुषाका प्रमुख जिल्ला अधिकारी थिए ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई गृह मन्त्रालयमा तानिएको छ ।

नेकपाका सांसद महेश बस्नेतसँग खटपट भएपछि पाण्डेलाई भक्तपुरको सीडीओबाट हटाएर मन्त्रालयमा पठाइएको स्रोतले जनाएको छ ।

धनुषाको सीडीओमा डडेल्धुराका बन्धु बाँस्तोलाको सरुवा भएको छ ।

Published : Sunday, 2020 November 22, 11:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया