दाङ कांग्रेसका नेता भण्डारीको निधन

घोराही । नेपाली कांग्रेस दाङका नेता रेशमबहादुर भण्डारीको ७२ वर्षको उमेरमा निधन भएको छ ।

भैरहवामा उपचारका क्रममा शनिबार राति उनको निधन भएको कांग्रेस नेता खिमबहादुर वलीले जानकारी दिएका छन् ।

भण्डारी शनिबार दिउँसा ३ बजेतिर तुलसीपुर बजारस्थित आफ्नै घरमा कुर्सीबाट लडेर घाइते भएका थिए ।

कांग्रेस नेता भण्डारी उरहरी गाविसमा लगातार १५ वर्षसम्म प्रधानपञ्च भएका थिए ।

Published : Sunday, 2020 November 22, 9:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया