सिन्धुपाल्चोकमा नेकपा र राप्रपाका कार्यकर्ता कांग्रेसमा प्रवेश

बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेर स्थानीय कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बाह्रबिसे नगरपालिका–९ राम्चेमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले विभिन्न पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेकाहरूलाई स्वागत गरेका हुन् ।

पार्टी प्रवेश गरेकाहरूलाई नेपाली कांग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले खादा तथा टीका लगाइदिएर स्वागत गरेका थिए ।

कार्यक्रममा सुरेन्द्र भण्डारी, दिलकुमार भण्डारी, मानकुमारी भण्डारी, श्यामकुमारी भण्डारी, खड्गकुमारी भण्डारी, बसन्त भण्डारी, गायत्री भण्डारी, नन्दलाल भण्डारी, कृष्णकुमारी भण्डारी, राजु भण्डारी, पदमकुमारी भण्डारी, खुदप्रसाद भण्डारी, टीकाप्रसाद भण्डारी, तेजेन्द्र भण्डारी, भीमसेन तिमल्सिनालगायत झण्डै एक सय कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको क्षेत्रीय सभापति बस्नेतले बताएका छन् ।

Published : Saturday, 2020 November 21, 1:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया