गृह मन्त्रालयद्वारा प्रहरीका यी ३३ एसएसपीहरूको सरुवा

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरूवा गरेको छ ।

शुक्रबारको निर्णयअनुसार ७ गते आइतबारदेखि लागू हुनेगरी एसएसपीहरूको सरूवा गरिको विज्ञप्तिमा उल्लेख छ ।

गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर, काठमाडौंमा एसएसपी श्यामलाल ज्ञवालीको ठाउँमा एसएसपी अशोक सिंहको सरुवा गरेको छ ।

ललितपुरका एसएसपी टेकप्रसाद राईको ठाउँमा एसएसपी किरण बज्राचार्यलाई सरुवा गरिएको छ ।

काठमाडौंका एसएसपी ज्ञवालीको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध नियन्त्रण महाशाखा नक्शालमा सरूवा भएको छ ।

ललितपुरका एसएसपी टेकप्रसाद राईको नक्सालको कार्य विभाग कार्य महाशाखामा सरूवा भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथमा भीमप्रसाद ढकालको सरुवा गरेर जनक भट्टराईलाई प्रमुखको जिम्मेवारी दिइएको छ । ढकालको सरुवा सामुदायिक प्रहरी महाशाखा नक्सालमा भएको छ ।

Published : Friday, 2020 November 20, 4:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया