नेकपाको कार्यालयमा सर्न राष्ट्रपतिलाई कांग्रेस नेता राणाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वराज्यमन्त्री उदयशम्शेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा सर्न सुझाव दिएका छन् ।

पूर्वसांसद समेत रहेका राणाले बुधबार ट्वीट गर्दै राष्ट्रपति भण्डारीले पदीय आचरण विपरितको कार्यहरू गरेको भन्दै असन्तुष्टि जनाएका हुन् । उनले मुलुकको अभिभावक भएर अमूक पार्टीको विवाद मिलाउन सक्रिय रहनु पटक्कै नसुहाएको टिप्पणी गरेका छन् ।

‘राष्टपतिज्यू, तपाई कुनै दल विशेषको नभई सिंगो मुलुकको अभिभावक हो’, उनले भनेका छन्, ‘तर शीतलनिवासमा बसेर एउटा अमूक पार्टीकोे विवादमा यति सक्रिय हुन पदीय जिम्मेवारीले पटक्कै सुहाएन ।’

कांग्रेसका युवा नेता राणाले भनेका छन्, ‘तपाइँका गतिविधिले राष्ट्रपति पदकै गरिमा र मर्यादालाई मजाक बनाएको छ । बरु धुम्बाराही सर्नुस्, मेरो सुझाव ।’

Published : Wednesday, 2020 November 18, 7:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया