दाहालका मान्छे तान्न ओलीले अपनाए यस्तो रणनीति

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफूलाई पार्टी र संसदीय दलमा बलियो बनाउन गृहकार्य शुरु गरेका छन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनपछि तनाबमा परेका ओलीले संसदीय दलमा बहुमत पुर्‍याउन आफूलाई केन्द्रित बनाएका हुन् । मंगलबार ओलीले पूर्वएमाले र पूर्वमाओवादी निकटका नेताहरूसँग छलफल गरेका छन् ।

ओलीलाई संसदीय दलमा बहुमत पुग्दैन । बहुमत पु¥याउन ओलीलाई पूर्वमाओवादीको पनि साथ चाहिन्छ ।

ओलीले सचिवालयका सदस्य रामबहादुर थापा, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, मणि थापा, लेखराज भट्टसँग परामर्श गरेका छन् छलफल गरेका छन् । उनीहरू पूर्वमाओवादी हुन् ।

मंगलबार दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल र हरिबोल गजुरेलसँग ललितपुरको खुमलटारस्थित निवासमा छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले सचिवालयमा दाहालद्वारा पेश गरिएको प्रतिवेदन फिर्ता नलिए पार्टी विभाजनको योजनामा रहेको नेताहरूले बताउन थालेका छन् । यस्तो बेला ओली र दाहालले नेताहरूसँग बाक्लै भेटवार्ताहरू गरेका छन् ।

Published : Wednesday, 2020 November 18, 7:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया