ठमेलमा जुवा खेलाउने महिलानै पक्राउ, रेष्टुरेन्टभित्र ‘तमासा’

काठमाडौं । प्रहरीले काठमाडौंको ठमेलबाट तास खेल्ने महिलासहित १४ जनालाई पक्राउ गरेको छ ।

ठमेलस्थित द–सिप नामक रेष्टुरेन्टभित्र तास खेलिरहेको अवस्थामा रेष्टुरेन्ट सञ्चालिका काठमाडौं पुतलीसडक बस्ने काभ्रे घर भएकी ३७ वर्षीया सृजना खनालसमेत १४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ७ हजार रुपियाँ र १० बुक ताससहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ बाट जुवा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने धादिङ थाक्रे गाउँपालिका–४ घर भएका ३३ वर्षीय रत्नबहादुर तामाङ समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूसँग नगद २ लाख ४७ हजार ८ सय ५० रुपियाँ र ११ वटा ओखरसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–८ बोडे बस्ने अम्बरकृष्ण अवालको नगदेश स्नोकर हाउसमा कौडा खेलिरहेको अवस्थामा दश जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका–५ पुरानोठिमी बस्ने ४५ वर्षीय राजकुमार चित्रकार लगायत १० जनालाई नगद २ लाख ६४ हजार १ सय ३५ रुपियाँ र कौडासहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

धादिङको धुनिबेशी नगरपालिका–८ खानीखोला बस्ने कृष्ण बानियाँको घरमा कौडा खेलिरहेको अवस्थामा धुनिबेशी नगरपालिका–६ बस्ने ३२ वर्षीय दिनेश उप्रेती लगायत २१ जना पक्राउ परेका छन् ।

उनीहरूलाई नगद १ लाख ७९ हजार ६ सय ७५ रुपियाँ सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको थियो ।

नवलपरासी(पूर्व), गैंडाकोट नगरपालिका–८ बस्ने ५० वर्षीय छबिलाल सुबेदीको घरमा जुवा खेलिरहेको अवस्थामा सुबेदी लगायत १० जना पक्राउ परेका छन् ।

उनीहरूको साथबाट नगद १ लाख २४ हजार ४ सय ९५ रुपियाँ र ६ वटा पासासहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मोरङको लेटाङ नगरपालिका–९ जाँते बस्ने सोएता मगरको घरमा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय ददिराम पौडेल लगायत ७ जनालाई पक्राउ गरेको छ ।

उनीहरूको साथबाट नगद १ लाख ८८ हजार ७ सय ४५ रुपियाँ, १ सेट कौडा, ६ बुक तास र १६ थान मोबाइलसहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

संखुवासभाको खाँदबारी नगरपालिका–९ स्थित मकालु रिसोर्टमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३७ वर्षीय मुकुन्द चौहान लगायत ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको ईटहरी उपमहानगरपालिका–२० स्थित रुद्राक्ष पार्टी प्यालेसमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय मुकेश बस्नेत समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूको साथबाट नगद २ लाख ८० हजार २ सय ५५ रुपियाँ र १ बुक ताससहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीकै ईटहरी उपमहानगरपालिका–९ बस्ने फूलबाबु साहको घरमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–४ बस्ने ५० वर्षीय सरोज चौधरी लगायत ९ जनालाई नगद २ लाख ९२ हजार ४ सय ५ रुपियाँ र १ बुक ताससहित सोमबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

बझाङकोे जयपृथ्वी नगरपालिका–१० चैनपुर बजार बस्ने शेरबहादुर बोहराको घरमा तास खेलिरहेको अवस्थामा मष्टा गाउँपालिका–१ डुङ्ग्री बस्ने ३४ वर्षीय दीपक रोकाया लगायत ७ जनालाई पक्राउ परेका छन् ।

उनीहरूको साथबाट नगद १ लाख ६२ हजार ३ सय ३० रुपियाँ र ८ गड्डी तास बरामद भएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–५ सिन्धुकोट बस्ने हरि रायमाझीको घरमा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय दीपबहादुर रायमाझी लगायत २० जनालाई नगद ३ लाख २३ हजार ३ सय ४५ रुपियाँ, १६ थान कौडा र ५ बुक ताससहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोककै मेलम्ची नगरपालिका–८ केउरेनी बस्ने ४४ वर्षीय चुलनाथ गिरीको घरमा कौडा खेलिरहेको अवस्थामा गिरीसमेत ६ जनालाई नगद १ लाख ४ हजार ५ सय ८५ रुपियाँ र १६ थान कौडासहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।

सल्यानको कालिमाटी गाउँपालिका–४ असुरेनी बस्ने शान्ती घर्तीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय निमबहादुर थापा समेत ९ जनालाई नगद १ लाख ४९ हजार ६ सय रुपियाँसहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको विज्ञप्तिमार्फत जनाएको छ ।

Published : Tuesday, 2020 November 17, 7:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया