प्रधानमन्त्री ओलीले कोइरालासँग टीका लगाए

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले बहिनी कौशल्या कोइरालाको हातबाट तिहारको टीका लगाएका छन् ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले बहिनी कोइरालाको हातबाट भाइटीका लगाएको निजी सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

कोरोनाभाइरसको जोखिमबाट बच्न प्रधानमन्त्री ओलीलाई टीका लगाउनुपूर्व अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाइएको थियो ।

Published : Monday, 2020 November 16, 4:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया