पाल्पामा आगलागी, किराना पसल जल्यो

तानसेन । पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका– ४ स्थित लक्ष्मी थापाको घरमा आगलागी भएको छ ।

मंसिर १ गते बिहान साढे २ बजेको विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

‘लक्ष्मी थापाको दुई तले पक्की घर र सोही घरसंग टाँसिएको उनको तीन तले जस्तापाताले छाएको कच्ची घरमा आगोलागी हुँदा पक्की घरमा बस्ने बसन्तबहादुर थापाको किनारा पसलमा समेत आगोलागी भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘आगलागीबाट अन्दाजी चार लाखको क्षति भएको छ ।’

स्थानीय र प्रहरीको प्रयासमा सोमबार बिहान ५ बजे आगो पूर्णरुपमा नियन्त्रण भएको छ । (फाइल तस्वीर)

Published : Monday, 2020 November 16, 8:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया