स्व.केसीको वितरासतलाई परिवारले अगाडि बढाउनुपर्छः सह–महामन्त्री डा.महत

पोखरा । नेपाली कांग्रेस कास्कीले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको १३औं दिनको पुण्यतिथिमा शनिवार श्रद्वाञ्जलि सभा गरेको छ ।

पोखरा महानगरपालिका–७ मुस्ताङचोकस्थित केसी निवासमा आयोजित श्रद्वाञ्जलि सभामा पार्टीका नेता तथा कार्यकर्ता, आफन्त र शुभेच्छुकको सहभागिता रहेको थियो ।

श्रद्वाञ्जलि सभामा बोल्ने वक्ताहरूले स्वर्गीय केसीलाई समाजको असल अभिभावकका रुपमा स्मरण गर्दै उनको सदैव अभाव रहिरहने बताएका छन् ।

नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले स्व.केसीको समाज सेवाप्रतिको समर्पण प्रशंसनीय भएको बताए । डा.महतले स्व.केसीले समाजका हरेक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्दै विरासतलाई सफलताका साथ परिवारले अघि बढाउने विश्वास व्यक्त गरेका छन् ।

सहम–हामन्त्री डा.महतले सरकारले मुलुकलाई क्षयीकरणको दिशामा अघि बढाएको बताए । उनले कम्युनिस्ट सरकारले अराजकता, जनताप्रति वेइमानी र कुशासनलाई बढाइ रहेको आरोप लगाएका छन् ।

कांग्रेस नेता शुक्रराज शर्माले स्व.केसीले जीवनको विरासतलाई प्रजातन्त्रमा समर्पित गरेको बताए । उनले स्व.केसीको नाममा प्रतिष्ठान स्थापना गरी समाज सेवाको अभियान अघि बढाउन सुझाव दिए ।

आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्का, नेता यज्ञबहादुर थापा र सोभियतबहादुर अधिकारीले समाज, पार्टी र परिवारलाई स्व.केसीको अभाव सदैव रहने बताए ।

नेपाली कांग्रेस क्षेत्र नं. २ कास्कीका सभापति माधव बास्तोला ‘मधु’, नेतृ शारदा पौडेल, क्षत्री समाजका उपाध्यक्ष कृष्ण थापा, नेपाली कांग्रेस पोखरा–७ का सभापति नवीन बराल र नेता बोधराज कार्कीले स्व.केसीको योगदानको चर्चा गरेका थिए ।

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीको सभापतित्वमा भएको कार्यक्रम सचिव देवेन्द्र रानाभाट सञ्चालन गरेका थिए ।

राजनीतिक, आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य र संचारलगायतका क्षेत्रमा योगदान पु¥याएका स्व.केसीको ६३ वर्षको उमेरमा कात्तिक १७ गते निधन भएको थियो ।

Published : Sunday, 2020 November 15, 10:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया