ललितपुर कांग्रेसका नेता स्व.थिङप्रति महर्जनद्वारा श्रद्धाञ्जलि व्यक्त, योगदानको स्मरण

बागमती । नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर–१ बागमती गाउँपालिका–३ का पुराना नेता झुलबहादुर थिङको समवेदनामा श्रद्धाञ्जलि कार्यक्रम गरिएको छ ।

आइतबार नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका सचिव एवम युवा नेता मीनकृष्ण महर्जनको प्रमुख आतिथ्यतामा थिङको घरमै श्रद्धाञ्जलि कार्यक्रम गरिएको हो । कार्यक्रममा बागमती गाउँपालिका प्रमुख एवम् कांग्रेस नेता वीरबहादुर लोप्चन विशेष अतिथिका रुपमा रहेका थिए ।

गाउँपालिकाकी उप–प्रमुख रञ्जना घिमिरेसहितका स्व.थिङका आफन्त, स्थानीय नेता कार्यकर्ताहरूको र उपस्थिति रहेको थियो ।

कांग्रेसका युवा नेता महर्जनले स्व.थिङले पार्टीमा पु¥याएको योगदानलाई कांग्रेसले कहिल्यै पनि नुभल्ने बताए । ‘उहाँले देखाउनु भएको लोकतन्त्रको बाटोलाई कांग्रेसल भुल्ने छैन’, महर्जनले भने, ‘स्व.झुलबहादुर थिङको भौतिक शरीर हामी बीच छैन । तर, उहाँको विचार सधैँ रहनेछ ।’

नेता महर्जनले स्व.थिङ २०७० सालको दोश्रो संविधान सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजय गराउन विशेष योगदान गरेको स्मरण गरे ।

स्व.थिङले स्थानीय निर्वाचनमा गाउँपालिका प्रमुख र उप–प्रमुख र आफ्नो वडाका उम्मेदवारहरूलाई जिताउन ठूलो भूमिका निभाएको राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष समेत रहेका युवा नेता महर्जनले बताए ।

कांग्रेसका लोकप्रिय नेता थिङ बिरामी भएर आराम गरि रहेको अवस्थामा निधन भएको थियो । स्व.थिङको ६८ वर्षको उमेरमा निधन भएको थियो ।

श्रद्धाञ्जलि कार्यक्रमको सभापतित्व नेपाली कांग्रेस बागमती गाउँपालिका अध्यक्ष तथा बागमती गाउँपालिका प्रवक्ता सोही वडाका वडाध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले गरेका थिए ।

कार्यक्रम संचालन नेपाल विद्यार्थी संघ (नेविसंघ) ललितपुरका जिल्ला सचिव दीपक घिमिरे ‘समीर’ले गरेका थिए ।

Published : Sunday, 2020 November 15, 8:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया