कांग्रेस केन्द्रीय सदस्य ईश्वरी न्यौपानेका पतिको निधन

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्व सांसद ईश्वरी न्यौपानका पतिको निधन भएको छ ।

कैलाली निवासी लक्ष्यबहादुर न्यौपानेको ६५ वर्षको उमेरमा शनिबार नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा निधन भएको भतिजा एवम् कांग्रेस नेता प्रज्ञान न्यौपानेले जानकारी दिए ।

कैलालीको टीकापुरस्थित निवासमा बसेका बेला उनलाई असहज भएपछि अस्पताल पुर्‍याइएको थियो । न्यौपानेलाई कोरोना संक्रमण देखिएको भतिजा न्यौपानेले बताए ।

नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेका स्व.न्यौपाने तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) केन्द्रीय कार्यालयका सचिव समेत थिए । कांग्रेसका हरेक कार्यक्रममा सहभागी हुँदै आएका न्यौपानेको निधनबाट पार्टीलाई क्षति भएको छ ।

स्व.न्यौपानेका पत्नी, दुई छोरा र एक छोरी छन् । स्व.न्यौपानेको जन्म दाङ जिल्लाको हापुरमा भएको थियो । दाङमा जन्मिए पनि न्यौपाने कृषि व्यवसायका लागि कैलालीका टीकापुरमा बसोबास गर्दै आएका थिए ।

स्व.न्यौपानेकी पत्नी ईश्वरी न्यौपाने नेपाली कांग्रेस महिला विभागको प्रमुख समेत छिन् ।

Published : Sunday, 2020 November 15, 8:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया