न्युयोर्कमा गिरिजाप्रसाद कोइराला फाउण्डेसनका ९ जना सम्मानित

न्युयोर्क । अमेरिकाको न्युयोर्क शहरको ब्रुक्लीन बोरो प्रेसिडेन्ट ऐरिक अडाम्सले समाजप्रति क्रियाशील रहेर कोभिड–१९ को संक्रमणका बेला सक्रिय रुपमा खटिने २०० जनालाई कोभिड–१९ हीरो अवार्डबाट सम्मान गरेको छ ।

एनएआईडीका निर्देशक डाएन्थोनी फाउसीलाई कोभिड–१९ हीरो अफ हिरोज् अवार्डबाट सम्मान गरिएको छ ।

कार्यक्रम प्रेसिडेन्ट अडाम्सले आफ्नै कार्यालय ब्रुक्लीन बोरो हलबाट नोभेम्बर १०, २०२० मा आयोजना गरेका थिए ।

ब्रुक्लीन बोरो प्रेसिडेन्टले मूल्याङ्कन गर्दै गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाले कोरोना संक्रमणकालमा राहत वितरण तथा स्वास्थ्य सुरक्षा सामग्री वितरणमा सक्रिय रुपमा लागेका फाउण्डेसनका ९ जना सदस्यहरूलाई कोभिड–१९ हीरो अवार्डबाट सम्मान गरेका छन् ।

कोभिड–१९ हीरो अवार्डबाट अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य तथा समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामा, केन्द्रीय सदस्यद्वय सूर्य सिंखडा र विमल डाँगी समाजसेवी रेखा श्रेष्ठ, स्वयंसेवकद्वय कुञ्जन पौडेल र सत्नाम लाल सम्मानित भएका छन् ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले ब्रुक्लीन बोरो प्रेसिडेन्ट ऐरिक अडाम्सलाई धन्यवाद दिएको छ ।

Published : Saturday, 2020 November 14, 10:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया