पाल्पामा आगलागी, झण्डै दश लाखको क्षति

तानसेन । पाल्पा जिल्लाको गोलौसामा पूर्णबहादुर रानाको घरमा आगलागी हुँदा करीव १० लाख बराबरको क्षति भएको छ ।

शुक्रबार राति ९ बजे रैनादेवी छहरा गाउँपालिका–४ गोलौसाका रानाको घरमा बिद्युत सर्ट भएर आगलागी भएको पाल्पा प्रहरीका प्रमुख एसपी सन्तोष भट्टराईले जानकारी दिए ।

‘ढुङ्गा माटोले बनेको जस्ता पाताको छानो भएको ३ तले कच्ची घरमा अचानक बिद्युत सर्ट भई आगलागी भएकोमा घरभित्र रहेको नगद, गरगहना, लत्ता कपडा, अन्न पात, भाडा बर्तन गरी अन्दाजी नौ लाख नब्बे हजार बराबरको क्षति भएको छ’, एसपी भट्टराईले भनेका छन् ।

आगलागीमा मानवीय क्षति भएको छैन । प्रहरीले घटनासम्बन्धि अनुसन्धान कार्य जारी राखेको जनाएको छ ।

Published : Saturday, 2020 November 14, 9:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया