यी ३८ जना ईन्स्पेक्टरहरू डीएसपीमा बढुवा

काठमाडौं । सशस्त्र प्रहरी बलका ३८ इन्स्पेक्टर (सशस्त्र प्रहरी निरीक्षक)लाई डीएसपी (सशस्त्र प्रहरी नायब उपरीक्षक) मा बढुवाका लागि सिफारिस गरिएको छ ।

शुक्रबार बसेको सशस्त्र प्रहरी बल, बढुवा समितिको बैठकले उनीहरूलाई बढुवामा सिफारिस गर्ने निर्णय गरेको बढुवा सिफारिस पत्रमा उल्लेख छ ।

सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) (ग) बमोजिम बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरीले बलले जनाएको छ ।

बढुवा सिफारिसप्रति चित्त नबुझे ७ दिनभित्र उजुरी दिन सकिने सशस्त्र प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेलद्वारा जारी सूचनामा जनाइएको छ ।

ईन्स्पेक्टरबाट डीएसपीमा बढुवा सिफारिस पर्नेहरूमा पहिलो नम्बरमा एकराज बुर्लाकोटी, दोस्रो नम्बरमा संजिव पौडेल र तेस्रो नम्बरमा जगन्नाथ खड्का रहेका छन् ।

लीलाबहादुर कार्की, दीपेन्द्र थापा, संजिव कार्की, हरिप्रसाद शर्मा, वीरसिंह धामी, वीरेन्द्रबहादुर पाल, सुरेश कोइराला, जनकराज पन्त, सुशील श्रेष्ठ रविन अधकिारी, सुमन बोगटी, धनसिंह धामी, सुमन थापा, सुदनप्रसाद भारती, जगतबहादुर दुवाल, कृष्णसिंह पुजारा, विजय हमाल, सुरज खड्का, उदयराज न्यौपाने निरीक्षकबाट नायब उपरीक्षक बढुवा सिफारिसमा परेका छन् ।

विष्णु अवस्थी, श्याम शर्मा पौडेल, शंकरदत्त तिवारी, सुमन लामिछाने, लक्ष्मणसिंह थापा, फपेन्द्रकुमार केसी, होमराज न्यौपाने, द्रोणप्रसाद ढकाल, कृष्ण खतिवडा, द्वारिका केसी, जनकराज उपाध्याय, लालबहादुर चन्द, प्रमोद खड्का, सुरज क्षेत्र, विकाश थापा र शेखर दवाडी ईन्स्पेक्टरबाट डीएसपी बढुवामा परेको सशस्त्र प्रहरी नायव महानिरीक्षक एवम् बढुवा समितिका सदस्य सचिव पौडेलले जनाएका छन् ।

Published : Saturday, 2020 November 14, 6:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया