कांग्रेस १४औँ महाधिवेशनबारे बोलेन, जिल्लालाई दियो कडा निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरणको म्याद परिवर्तन गरेको छ ।

सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले १४औँ महाधिवेशनको कार्यतालिका परिवर्तन नगरेर क्रियाशील सदस्यता र नवीकरणको विवरण मंसिर मसान्तभित्र जिल्लाबाट केन्द्रमा आइपुग्ने गरी पठाइसक्न निर्देशन दिने निर्णय गरेको हो ।

आगामी ७ देखि १० फागुनभित्र केन्द्रीय महाधिवेशन गर्ने गरी कांग्रेसले यसअघि नै १४औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

महाधिवेशनअघि गर्नुपर्ने काम पूरा नभए पनि मुख्य काम क्रियाशील सदस्यता भएकाले मंसिर मसान्तभित्र क्रियाशील सदस्यता वितरणको कार्य पूरा भए महाधिवेशन सार्नु नपर्ने भन्दै पौडेल पक्षले अडान राखेपछि कांग्रेसले महाधिवेशनको कार्यतालिका परिवर्तन नगरी क्रियाशीलको विवरण आइसक्नुपर्ने अन्तिम म्याद मात्रै तोकेको छ ।

‘चौधौं महाधिवेशनको प्रयोजनका लागि जिल्लाहरुमा वितरण भइरहेको नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरण सम्बन्धमा, एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाले नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नवीकरण तथा एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यताको नविकरणको सूची तयार गरी, प्रकाशन गरी अनिवार्य रुपमा केन्द्रमा पठाइसक्नु पर्ने अवधि २०७७ मंसिर मसान्त कायम गर्ने निर्णय भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

Published : Friday, 2020 November 13, 11:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया