कांग्रेसको नयाँ सांसदमा पाण्डेलाई पठाउने निर्णय

काठमाडौं । नेपाली कांग्रेसले मोहनप्रसाद पाण्डेलाई प्रतिनिधि सभाको सांसदमा पठाउने निर्णय गरेको छ ।

सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले रिक्त प्रतिनिधि सभा सदस्य (सांसद)को पदमा पाण्डेलाई पठाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

समानुपातिक सांसद सूर्यबहादुर केसीको निधन भएपछि कांग्रेसको एउटा सांसद पद खाली थियो ।

‘सूर्यबहादुर केसीको निधन भई रिक्त भएको प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेस राजनीतिक दलबाट निर्वाचन आयोगमा बुझाइएको सामानुपातिकको वन्दसूचीको क्र.स. १२ मा खस आर्य समूहतर्फ नाम रहनु भएका मोहनप्रसाद पाण्डेलाई प्रतिनिधि सभा सदस्य पदमा मनोनयन गर्ने निर्णय गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले केन्द्रीय कार्यसमितिको निर्णयानुसार आवश्यक कार्यान्वयनका लागि निर्वाचन आयोगलाई पत्राचार गर्ने भएको छ ।

Published : Friday, 2020 November 13, 7:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया