केन्द्रीय समिति बसेकै दिन केन्द्रीय सदस्य पाण्डे कोरोनाबाट निको

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभाका संसदीय दलका पूर्व नेता सुरेन्द्र पाण्डे कोरोना संक्रमणबाट निको भएका छन् ।

शुक्रबार साँझ पाण्डेले सामाजिक सञ्जालफर्मात आफू कोरोनाबाट निको भएको जानकारी दिएका हुन् । पाण्डेले आफ्नो स्वास्थ्यलाई लिएर चासो र चिन्ता व्यक्त गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बसेकै दिन पाण्डेले कोरोनाभाइरसको संक्रमणलाई जितेका छन् ।

Published : Friday, 2020 November 13, 6:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया