बाह्रबिसेकी गरिमाको जीवन बचाउन कांग्रेस सभापति बस्नेतद्वारा नगद सहयोग

ललितपुर । नेपाली कांग्रेसका युवा नेता एवम् सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेतले गरिमा थापाको उपचारका लागि नगद २५ हजार आर्थिक सहयोग गरेका छन् ।

ललितपुरको पाटनस्थित मानसिक अस्पतालमा उपचार गराइरहेकी गरिमाको उपचारका लागि सभापति बस्नेत अस्पतालमै पुगेर बिहीबार उनकी आमालाई २५ हजार प्रदान गरेका हुन् ।

आर्थिक सहयोग गरेपछि सभापति थापाले गरिमाको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । गरिमा बाह्रबिसे नगरपालिका–३ का दीपक थापाकी छोरी हुन् ।

गरिमा करीव ४५ अगाडि लडेर दिमाखमा रगत जमेको थियो । काभ्रेको धुलिखेल अस्पतालमा उपचार गराउँदा गरिमालाई थप उपचारका लागि पाटन मानसिक अस्पतालमा ल्याइएको परिवारजनले जनाएका छन् ।

नेपाली कांग्रेसका युवा नेता समेत रहेका बस्नेतले यसअघि पनि समस्यामा परेका सिन्धुपाल्चोकका जनतालाई सहयोग गर्दै आएका छन् ।

कोरोना महामारी होस् वा बाढीपहिरोबाट समस्यामा परेकाहरू हुन् उनीहरूको उद्धार र सहयोगका लागि बस्नेत सधैँ अग्रमोर्चामा रहने गर्छन् ।

Published : Thursday, 2020 November 12, 10:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया