अध्यक्ष अन्सारी र राजदूत अलहालीबीच भेटवार्ता

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीसँग नेपालका लागि कतारका राजदूत यूसुफ बिन मोहम्मद अलहालीले भेटवार्ता गरेका छन् ।

ललितपुरको जावलाखेलस्थित आयोगको कार्यालयमा बिहीबार भएको भेटवार्तामा नेपालमा मुस्लिम समुदायको शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा सहयोग गर्ने सम्भावनाका बारेमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष अन्सारी र राजदूत अलहालीबीचको भेटावार्तामा आयोगकी सचिव सुनिता नेपालको पनि उपस्थिति रहेको थियो ।

Published : Thursday, 2020 November 12, 7:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया