कांग्रेस नेता शाहीले पहिलो पटक सिकाए चीनलाई औकात

काठमाडौं । चीनले नेपाली भूमिका विषयमा नेपाली कांग्रेसको राष्ट्रियतामाथि प्रश्न उठाएपछि कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले नेपालको एक ईञ्च भूमि अतिक्रमण नगरेको प्रमाण दिन चुनौती दिएका छन् ।

शाहीले विज्ञप्ति जारी गरेर चीनले आफूमाथि लगाएको आरोपको खण्डन समेत गरेका छन् । चीन सरकारको मुखपत्र ग्लोबल टाइम्स पत्रिकाले कांग्रेससहितका शक्तिले नेपाल र चीन सीमा विवादको आधारहीन हल्ला फैल्याए भन्ने शीर्षकमा समाचार सार्वजनिक गरेको थियो ।

आफू र आफू आबद्ध संस्था कांग्रेस पार्टीलाई जोडेर प्रकाशित भएको समाचारप्रति शाहीले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले भने, ‘नेपाल र चीनबीच सीमा विवाद देखिएको हुम्ला जिल्लाको उत्तरी क्षेत्रको स्थलगत निरीक्षण पश्चात गरिएको सुक्ष्म अध्ययन एवम् विश्लेशण र तङ्थ्यकका आधारमा नेपाली भूमि अतिक्रमण भएको निष्कर्षलाई छायाँमा पार्ने गरी आफ्नो मुखपत्र ग्लोबल टाइम्स पत्रिकामार्फत चीन सरकारले लगाएका सम्पूर्ण मिथ्या आरोपलाई खारेज गर्दछु ।’

‘एक ईञ्च पनि नेपाली भूमि नमिचेको प्रमाण पेस गर्न चीन सरकारलाई चुनौती दिन्छु’, नेता शाहीले भनेका छन् ।

उनले चीनले लोलोङ्गजोम क्षेत्रमा मात्र नभइ अन्य सीमा क्षेत्रमा समेत नेपाली भूमि अतिक्रमण भएको प्रमाणहरू काल्पनिक नभएको दाबी गरेका छन् ।

उनले भने, ‘अन्तर्राष्ट्रिय सीमासम्बन्धी प्रोटोकल बिपरित चीनले हिल्सास्थित सीमा रेखामा रहेको ९(२) नम्बरको सीमास्तम्भको बीच भागमा फलामे गेट र तारबार गरी छेउमा नै आर्मी क्याम खडा गरेको हिल्सा क्षेत्रभन्दा केही टाढा कीट क्षेत्रमा रहेका नेपाली सीमास्तम्भहरू ५.१०.५४२ र ६२ तारबार गरी आफ्नो भूगोलभित्र पारेको, कीट क्षेत्रमा रहेको मितेरी पुलबाट करीव ५०० मिटर नेपाली भूगोलमा बाटो निर्माण गरी नेपाली भू–भाग प्रयोग गर्दै आएका र स्थानीय नेपाली र नेपाली सीमा सुरक्षा बललाई उक्त नेपाली क्षेत्रमा प्रवेश गर्न बन्देज लगाइएको, दुवै देशका प्रतिनिधीको रोहवरमा सीमास्तम्भहरूको पुर्ननिर्माण तथा मर्मत गर्नु पर्ने अन्तर्राष्ट्रिय सीमा कानूनको प्रतिकूल हुने गरी लिमीको लाप्चा भजयांगमा रहेको १२ नं सीमा पिल्लरलाइ झण्डै ६ महिना पहिले एकतर्फि मर्मत संभार गरी उक्त सीमा स्तम्भको ओरन्टेसन परिवर्तन गरिएको, चीनले हाल निर्माण गरेका संरचना भएको क्षेत्र लोलोङ्गजोम क्षेत्रबाट करिव ३ किलो मिटर उत्तर पश्चिम गप्पुदोसा क्षेत्रमा रहेको पानी ढलोवाट २०६६ सालमा नेपाल सरकार,तत्कालिन जिल्ला विकास समितिले लोलोङ्गजोम हुँदै लिमी लाप्चा सडक निर्माण गरेको आदि तथ्यहरू चीनबाट नेपाली भूमि अतिक्रमण भएको बलियो प्रमाणका रूपमा रहेको सपष्ट पार्न चाहन्छु ।’

Published : Thursday, 2020 November 12, 11:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया