मंसिर दुई गते देशभरि सार्वजनिक विदा

काठमाडौं । सरकारले मंसिर २ गते देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बुधबार विज्ञप्ति जारी गरेर मंसिर २ गते ‘किजा पूजा’को अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जनाएका छन् ।

‘नेपाल सरकार मन्त्रिपरिषदको कात्तिक २४ गतेको निर्णयानुसार किजा पूजाको अवसरमा मंसिर २ गते मंगलबारका दिन नेपालभर सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ–संस्था, शिक्षण संस्थाहरू समेतमा सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ति प्रकाशित गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

Published : Wednesday, 2020 November 11, 4:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया