तरुण नेता गुप्ताको निधन, अध्यक्ष बस्नेतद्वारा शोक व्यक्त

काठमाडौं । नेपाल तरुण दलले तरुण नेता राजु गुप्ताको निधनबाट स्तब्ध भएको जनाएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बधबार शोक विज्ञप्ति जारी गरेर दुःख व्यक्त गरेका हुन् ।

‘नेपाल तरुण दल मोरङ जिल्लाका महाधिवेशन प्रतिनिधि, तरुण नेता राजु गुप्ताको असामयिक निधनको खबरले नेपाल तरुण दल केन्द्रीय समितिलाई स्तब्ध बनाएको छ’, अध्यक्ष बस्नेतले भनेका छन् ।

‘उहाँको निधनप्रति नेपाल तरुण दल केन्द्रीय समिति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ’, शोक विज्ञप्तिमा भनिएको छ ।

Published : Wednesday, 2020 November 11, 4:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया