राप्ती गाउँपालिकामा समुदायस्तरमा कोरोना फैलियो, विद्यालयहरू बन्द

तीर्थराज ज्ञवाली

मसुरिया । दाङको राप्ती गाउँपालिकाले वडाहरूमा कोरोनाको संक्रमण समुदायस्तरमा देखिएको भन्दै सबैलाई सजग हुन अनुरोध गरेको छ ।

गाउँपालिकाले खुलेका विद्यालयहरू समेत बन्द गर्न निर्देशन दिएको छ । विद्यालयहरूलाई मंसिर ६ गतेसम्म बन्द गर्न आदेश दिइएको छ ।

राप्ती गाँउपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले सूचना जारी गरेर कोरोनाबाट सजक रहन आग्रह गर्दै विद्यालयहरू बन्द गर्न भनेको छ ।

कात्तिक २७ गते बिहीबारदेखि मंसिर ६ गते शनिबारसम्म गाउँपालिकाभित्र रहेका सबै विद्यालय बन्द हुनेछन् ।

बुधवार बसेको सामाजिक विकास समितिको बैठकले विद्यालयहरू बन्द गर्नेे निर्णय गरेको छ ।

Published : Wednesday, 2020 November 11, 10:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया