स्व.धितालको योगदान कांग्रेसले भुल्दैनः सह–महामन्त्री डा.महत

बुटवल । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले स्व.विजयप्रसाद धितालले पार्टीमा पुर्‍याएको योगदानको कदर हुने बताएका छन् ।

रुपन्देहीमा मंगलबार स्व.धितालको निवासमा १२औँ दिनको पून्यतिथिका अवसरमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा डा.महतले स्व.धितालको स्मरण गरेका हुन् । उनले स्व.धितालले कांग्रेस र जनतालाई आफ्नो तर्फबाट पुर्‍याएको योगदानको सबैले स्मरण गर्ने बताए ।

रुपन्देही जिल्लाका पूर्व जिल्ला विकास समितिका सभापति स्व.धिताललाई श्रद्धाञ्जलि दिन नेपाली कांग्रेस रुपन्देहीले कार्यक्रम राखेको थियो ।

कार्यक्रममा रुपन्देही कांग्रेसका नेता कार्यकर्ता र स्व.धितालका परिवारजनको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2020 November 10, 9:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया