जलजलाका सबै वडालाई एम्बुलेन्स दिइने, मल्लले शुरु गरे अभियान

कुश्मा । पर्वत जिल्लाको जलजला गाउँपालिकाले सबै वडाहरूलाई कम्तीमा एउटा एम्बुलेन्स दिने जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता यामबहादुर मल्ल ‘रामकृष्ण’ले गाउँपालिकाका सबै वडाहरूलाई एम्बुलेन्स दिइने बताए ।

गाउँपालिकाका नागरिकलाई सुरक्षित राख्न ‘एक घर एक पीसीआर’ अभियान सञ्चालन गरेका अध्यक्ष मल्लले पीसीआर परीक्षणको शुल्क गाउँपालिकाले व्यहोरेको थियो ।

अध्यक्ष मल्लका अनुसार रोटरी क्लब अफ पोखराले एउटा एम्बुलेन्स दिन लागेको छ । त्यसका लागि सम्झौता भएको छ ।

विभिन्न दातृ निकाय र भारतीय राजदूतावासको सहयोग र सहकार्यमा एम्बुलेन्स वितरणको अभियान सफल बनाउने लक्ष्य लिइएको मल्लले बताएका छन् ।

उनले प्रत्येक नागरिकको बाँच्न पाउने अधिकारको ग्यारेन्टीका लागि यसअघि पनि गाउँपालिकाले एम्बुलेन्ससम्बन्धी निःशुल्क सेवा प्रदान गर्दै आएको बताए ।

गाउँपालिकाका नागरिकको मात्रै नभएर छिमेकी नगरपालिका कुश्मा र मोदी गाउँपालिकालाई समेत जलजला गाउँपालिकाले निःशुल्क एम्वुलेन्स सेवा दिँदै आएको अध्यक्ष मल्लले बताए ।

कोरोना महामारी शुरू भए देखिनै निकै सक्रियताका साथ लागेका अध्यक्ष मल्लले व्यक्तिगत रुपमा लाखौंका स्वास्थ्य सामग्री खरिद गरि जिल्लाका सातैवटा स्थानीय तहमा निःशुल्क वितरण गरेका थिए ।

जलजला गाउँपालिकाका सबै वडाहरूले एम्बुलेन्स पाए भने बिरामी पर्दा अस्पताल पुग्न स्थानीयबासीहरूलाई सहज हुने अध्यक्ष मल्लले बताए ।

Published : Tuesday, 2020 November 10, 11:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया