कोरोनाविरुद्धको पहिलो खोप बन्यो, ९० प्रतिशत काम गर्‍यो

लण्डन । शुरुआती विश्लेषणबाट कोभिड–१९ विरुद्ध बनेको पहिलो भ्याक्सिनले ९० प्रतिशत व्यक्तिमा संक्रमण रोक्न प्रभावकारी रुपमा काम गरेको छ ।

यो भ्याक्सिन विश्वको ठूलो औषधि कम्पनी फाइजर र बायोनटैकले बनाएको हो । कम्पनीले भ्याक्सिन विज्ञान र मानवका लागि महान दिन भएको जनाएको छ ।

कम्पनीले यही महिनको अन्तिमसम्म भ्याक्सिनलाई प्रयोग गर्नका लागि अनुमति पाउनका लागि निवेदन दिएको बीबीसीले जनाएको छ ।

कोभिड–१९ विरुद्धको उपचारमा भ्याक्सिनलाई सबैभन्दा ठूलो हतियारका रुपमा लिइएको छ ।
यो भ्याक्सिनलाई अहिलेसम्म ५ देशमा ४३ हजार ५ सय जनामा परीक्षण गरिएको छ । विश्वभरि दर्जनौँ भ्याक्सिनहरू परीक्षणको चरणमा छन् । यसलाई तेस्रो चरणको परीक्षण भनिन्छ ।

यो भ्याक्सिन पूरै प्रयोगात्मक दृष्टिकोणबाट प्रयोग गरिएको छ । जसले कोरोनाभाइरस वायरसको जेनेटिक कोडलाई शरीरमा इंजेक्ट गराउँछ । ताकि शरीरको प्रतिरोधक क्षमता भाइरससँग लडन तयार हुन्छ ।

यसअघि भएका परीक्षणमा कोरोनाभाइरससँग लड्नको लागि म्याक्सिन शरीरमा एंटीबडी बनाउँछ । त्यसले इम्यून सिस्टम र टी–सेल निर्माण गर्छ ।

भ्याक्सिनलाई तीन हप्ताभित्र दुई डोज लिनुपर्छ । अहिलेसम्म अमरिका, ब्राजिल, जर्मनी, अर्जेन्टिना, दक्षिण अफिका र तुर्कीमा भएको परीक्षणमा सात दिनभित्र ९० प्रतिशत व्यक्तिमा भाइरसप्रति रक्षात्मक प्रणाली विकसित भएको छ ।

फाइजरले यही वर्षको अन्तिमसम्म भ्याक्सिनको पाँच करोड डोज उपलब्ध सक्ने जनाएको छ । सन् २००१ को १.३ अरब डोज तयार पार्ने जनाइएको छ ।

यो भ्याक्सिनलाई लिएर केही प्राविधिक चुनौति पनि रहेका छन् । भ्याक्सिन शून्यदेखि ८० डिग्री सेल्सियस तलको तापमान राख्नुपर्छ ।

फाइजरका अध्यक्ष डा.एल्बर्ट बोर्लाले भनेका छन्, ‘हामी विश्वभरिका मानिसलाई कोरोना महामारीबाट बाहिर निकाल्नका लागि धेरै नजिक पुगेका छौँ ।’

बेलायतले तीन करोड डोजको अर्डर गरेको छ । अन्य देशहरूले पनि यो भ्याक्सिनका लागि माग गरेका छन् ।

Published : Monday, 2020 November 9, 9:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया