कांग्रेसका कार्यकर्ताले स्व.गणेशमान सिंहलाई यसरी स्मरण गरे

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको १०६औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

सोमबार बिहान काठमाडौंसहित विभिन्न जिल्लाहरूमा स्व.गणेशमान सिंहको तस्वीर र प्रतिमामा माल्यार्पण गरेर जन्मजयन्ती मनाइएको छ ।

काठमाडौंमा स्व.गणेशमान सिंहका छोरा प्रकाशमान सिंह र बुहारी सिर्जना सिंहले प्रतिमामा माल्यार्पण गरेका थिए ।

गणेशमान सिंहले नेपाली राजनीति परिवर्तनमा देखाएको बाटोलाई कांग्रेसका नेता तथा कार्यकर्ताहरूले स्मरण समेत गरेका छन् ।

Published : Monday, 2020 November 9, 1:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया