देउखुरीका चार ठाउँमा आईसोलेसन, राप्ती प्राविधिक शिक्षालयमा बन्द हुने

तीर्थराज ज्ञवाली

मसुरिया । दाङको राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालयमा सञ्चालनमा रहेको एक मात्र कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टर मंसिर १ गतेबाट बन्द हुने भएको छ ।

सेन्टरबाट देउखुरीका तीन गाउँपालिका र एक नगरपालिकाका २५५ जना कोरोना संक्रमितलाई आईसोलेट गरि २४६ जनालाई डिसचार्ज भएका छन् । हाल ९ जनामात्र रहेको आईसोलेसन सेन्टर बन्द हुने भएको हो ।

राप्ती प्राविधिक शिक्षालय राप्ती गाउँपालिकाको मौरीघाट दाङमा रहेको कोरोना विशेष देउखुरी आईसोलेसन रहेको कोरोना विशेष देउखुरी आईसोलेन सेन्टर रहेको भवन प्रदेश सभाको हिउदे अधिवेशन तयारीको लागि आवश्यक पर्ने भएकाले चार वटै स्थानीय तहले आ–आफ्नो पालिकामा आईसोलेसन सेन्टर सञ्चालन गर्ने गरी कोरोना विशेष देउखुरी आईसोलेन सेन्टर बन्द गर्ने निर्णय भएको छ ।

कोरोना विशेष देउखुरी आईसोलेसन केन्द्रका सञ्चालन तदर्थ समितिका अध्यक्ष नुमानन्द सुवेदी अध्यक्षतामा बसेको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, लमही नगरपालिकाकी उपाध्यक्ष देवका बेलवासे, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव र राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी, लेफ्टीनेन्ट कर्णेल विजय बस्नेत लगायतको उपस्थितमा सो निर्णय भएको छ ।

राप्ती गाउँपालिका, लमही नगरपालिका, गढवा र राजपुर गाउँपालिकाहरूको संयुक्त लगानीमा सञ्चालनमा रहेको कोरोना विशेष देउखुरी आईसोलेसन सेन्टर सञ्चालानार्थ लागेको खर्च विवरण आईसोलेसन सेन्टर बन्द गरेपछि चारवटै स्थानीय तहको उपस्थितिमा सावर्वजनिक गर्ने र सोको व्ययभार चार पालिकाले वहन गर्ने निर्णय समेत गरिएको छ ।

Published : Sunday, 2020 November 8, 9:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया