नेपाल, खनाल र गौतमको भूमिका शंकास्पद, कस्का मान्छे हुन् ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का सचिवालयमा बहुमतमा देखिएका छन् ।

शुक्रबार धुम्बाराहीस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकमा दाहालले ‘मसँग सचिवालयमा बहुमत छ’भन्ने सन्देश दिएका हुन् । दाहालले धुम्बाराही बैठकबाट दिएको सन्देशले झन् नेकपाको विवाद समाधानमा समस्या आउन सक्ने चिन्ता कार्यकर्ताहरूमा बढेर गएको छ ।

९ सदस्यीय सचिवालयमा दाहालको पक्षमा माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ देखिएका छन् । शुक्रबार दाहाल निकट मानिने नेताहरू मात्रै सहभागी भए ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीको पक्षमा ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा देखिएका छन् । ओली निकटका सदस्यहरू कोही पनि बैठकमा सहभागी भएनन् ।

आफ्नै पार्टीका अध्यक्षले नेतृत्व गरिरहेको सरकारलाई सहयोग गर्नुको साटो दाहालले गुटबन्दी गरेर शुरुदेखि नै असहयोग गर्दै आएका छन् । अहिले पनि दाहालले पूर्वएमालेका तीन शीर्ष नेताहरूलाई पछाडि लगाएर सरकारको विरोध गर्दै आएका छन् ।

सरकार र पार्टी दुबैतिर काम गर्दै जाँदा समस्या हुन सक्छन् । ती समस्यालाई समाधान गर्नै नसकिने भन्ने हुँदैन । तर, ओलीलाई नै बिस्थापित गरेर सहमति खोज्न प्रयास गर्ने दाहालको कार्यशैली धेरैलाई मन नपरेको हुन सक्छ ।

दाहाल निकटका सचिवालय सदस्यहरूले प्रधानमन्त्री ओलीलाई सामूहिक रुपमा भेटेर सचिवालय बैठक बोलाउन अनुरोध गर्ने तयारी गरेका छन् । शुक्रबारको दाहाल समूहको भेलाले पनि ओलीसँग सम्वाद गर्ने निर्णय गरेको थियो ।

विगतमा दाहाल निकट मानिने रामबहादुर थापाले ओलीलाई साथ दिएका छन् । उनले पार्टी र सरकार दुबैलाई मिलाउनका लागि शुक्रबारको बैठकमा अनुपस्थित भएर उचित कदम उठाएको चर्चा हुन थालेको छ ।

नेपाल, खनाल र गौतमले दाहाललाई पार्टी अध्यक्षभन्दा पनि गुटको नेता मानेर कहिले खुमलटार, कहिले भैँसेपाटी, कहिले धुम्बाराही, कहिले पेरिशडाँडामा भेलाहरू गर्दै आएका छन् । दाहाल र ओलीले गल्ती गरेका छन् भने पनि नेपाल, खनाल र गौतमले दुबैलाई दवाव दिएर एकै ठाउँमा ल्याउनुपर्ने थियो । तर, उनीहरूले त्यस्तो कार्य गर्न सकिरहेका छैनन् ।

कार्यकर्ताहरूले नेपाल, खनाल र गौतमको भूमिकालाई लिएर चिन्ता व्यक्ति गर्दै आशंकाहरू गरेका छन् । नेपाल, खनाल र गौतमले चाहने हो भने नेकपाको विवाद समाधान गर्न ठूलो भूमिका गर्न सक्छन् । उनीहरूले व्यक्तिगत इगोलाई लिएर बालुवाटारलाई असहयोग गर्दै आएका छन् ।

व्यक्तिगत इच्छा पूरा भयो भने नेपाल, खनाल र गौतमले दाहाललाई छाडेर अन्तिममा ओलीलाई नै साथ दिनेछन् । अहिले दाहालका मान्छे जस्तो देखिए पनि उनीहरू पूर्वएमाले छाड्ने छैनन् ।

Published : Saturday, 2020 November 7, 9:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया