कांग्रेसको बैठकमा शुक्रबार पनि पौडेल समूहद्वारा बबण्डर

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र शीर्ष नेताहरूको बैठक बिनानिष्कर्ष सक्किएको छ ।

काठमाडौंको बुढानिलकण्ठमा शुक्रबार बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ज्ञापन पत्रका मागलाई लिएर बखेडा गरेपछि कुनै सहमति हुन नसकेको हो ।

पौडेल समूहको १६ बुँदे अवधारणामा केन्द्रित रहेको उपसभापति विमलेन्द्र निधिले जानकारी दिएका छन् ।

सभापति शेरबहादुर देउवाले विभाग बाहेक अन्य विषयमा छलफल गर्न सकिने बताएका छन् ।

कांग्रेसको पदाधिकारी बैठक शनिबार बस्नेगरी स्थगित गरिएको छ ।

Published : Friday, 2020 November 6, 9:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया