पाल्पामा ट्याक्टरको ठक्करबाट जिसीको मृत्यु

तानसेन । पाल्पा जिल्लामा ट्याक्टरको ठक्करबाट ६६ वर्षीय टीकाबहादुर जिसीको मृत्यु भएको छ ।

रम्भा गाउँपालिका–४ रक्सामा लु ३ त ९८१२ नम्बरको ट्याक्टरले ठक्कर दिँदा माथागढी गाउँपालिका–४ ज्यामिरेका जिसीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

ट्याक्टर र ट्याक्टर चालकलाई प्रहरीले माथागढी गाउँपालिका–३ का २४ वर्षीय बिराज बिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Published : Friday, 2020 November 6, 9:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया