काठमाडाैंमा लागूऔषध चरेससहित ४ जना पक्राउ

काठमाडौं । काठमाडौ महानगरपालिका-७ गौरीघाट क्षेत्रबाट अवैध लागूऔषध चरेश १.८ केजीसहित ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ओखलढुङ्गा पात्ले गाउँपालिका-९ घर भई काठमाडौं बौद्ध तीनचुली बस्ने ३२ वर्षीय नरेन लामा, धादिङ गजुरी गाउँपालिका-८ घर भई काठमाडौं गुर्जुधारा बस्ने १७ वर्षीय किशोर, सोही ठाउँ बस्ने २८ वर्षीय सोनाम भन्ने सुमन तामाङ र पर्सा ठोरी गाउँपालिका-५ घर भई काठमाडौं बौद्ध तीनचुली बस्ने ३५ वर्षीय दिपक तामाङ रहेका छन् ।

विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरीले उक्त चरेशसहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको उक्त महाशाखाले जनाएको छ ।

Published : Thursday, 2020 November 5, 9:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया