लालमटिया स्वास्थ्य चौकीका कर्मचारीलाई कोरोना भएपछि सेवा बन्द

मसुरिया । दाङको राप्ती गाउँपालिकाको भालुवाङस्थित लालमटिया स्वास्थ्य चौकीका एक जना कर्मचारीलाई कोरोना संक्रमण भएको छ ।

ती कर्मचारीलाइृ कोरोना संक्रमण देखिएपछि स्वास्थ्य चौकी कात्तिक २० देखि २६ गतेसम्म एक हप्ताका लागि बन्द भएको सूचनामा उल्लेख छ । स्वास्थ्य चौकीमा आकस्मिक सेवा बन्द भने सुचारु रहनेछ ।

लालमटिया स्वास्थ्य चौकीका निमित्त प्रमुख गिरबहादुर पौडेलले कात्तिक १९ गतेसम्म सम्पर्कमा आएका व्यक्तिहरूलाई सजग हुन अनुरोध गरेका छन् ।

पौडेलले अत्यावसेक सेवाका लागि ९८६६८५२१९३, ९८०९७८९८४५ र ९८६६९२८४९४ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

Published : Thursday, 2020 November 5, 11:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया