कांग्रेस संसदीय दलद्वारा सीता महराप्रति श्रद्धाञ्जलि व्यक्त

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले पूर्व सभामुख कृष्णबहादुर महराकी धर्मपत्नी सीता महराको निधनले मर्माहत तुल्याएको बताएका छन् ।

खाँणले बुधबार शोक विज्ञप्ति जारी गरेर सीता महराको असामयिक दुःखद् निधनले सबैलाई मर्माहत र दुःखी तुल्याएको बताएका हुन् ।

काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा बुधबार बिहान सीता महराको निधन भएको थियो ।

‘सीता महराको निधनप्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दै आत्माको चीर शान्तिको कामनाका साथै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ’, प्रमुख सचेतक खाँणले भनेका छन् ।

‘शोकको यस घडीमा कृष्णबहादुर महरासहित शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति नेपाली कांग्रेस संसदीय दल हार्दिक समवेदना प्रकट गर्दछ’, शोक विज्ञप्तिमा भनिएको छ ।

Published : Wednesday, 2020 November 4, 5:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया