परराष्ट्र सचिव र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रसचिव भरतराज पौड्यालसँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान सिंहदरबारमा पौड्याल र क्वात्राबीच भेटवार्ता भएको हो । भेटमा भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमणको तयारीका विषयमा कुराकानी भएको जनाइएको छ ।

‘परराष्ट्र सचिव भरतराज पौड्यालजीसँग न्यानो भेट भयो’, भारतीय दूतावासले ट्वीटमार्फत भनेको छ, ‘हामीबीच भारत–नेपाल सहकार्यमा भइरहेको ठोस प्रगतीबारे सकारात्मक छलफल भयो ।’

परराष्ट्रसचिव पौड्याललाई राजदूत क्वात्राले बधाईसमेत दिएका छन् ।

Published : Wednesday, 2020 November 4, 12:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया