पाल्पामा सुन र नगद गरी १२ लाख बराबरको लुटपाट

तानसेन । पाल्पा जिल्लाको ढाकालचौपारीमा तीन लाख नगदसहित ९ लाख बराबरको सुनका गरगहना लुटपाट भएको छ ।

सोमबार राति रामपुर नगरपालिका–८ ढकालचौपारी बस्ने ६९ वर्षीया महिलाको घरबाट १२ लाख ६३ हजार बराबरको सुनका गहना र नगद लुटपाट भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लुटेराको समूहले नगद ३ लाख रुपियाँ र करीव ९ लाख ५ हजार रुपियाँ बरारको सुनका गरगहना समेत गरी १२ लाख ६३ हजार रुपियाँ बराबरको धनमाल लगेका छन् ।

ती महिलाको घरमा ३ जना अपरिचित ब्यक्तिहरूले बिजुली बन्द गरी पानी पिउन मागेका थिए ।

पानी दिने क्रममा अचानक खुकुरी देखाई कुटपिट गरी उक्त धनमाल लुटपाट गरेको प्रहरीले जनाएको छ ।

कुटपिटबाट घाइते महिलाको रामपुर अस्पताल पाल्पामा सामान्य उपचार पश्चात थप उपचारका लागि लुम्विनी मेडिकल कलेज प्रभास पठाइएको छ ।

लुटपाटमा संलग्नहरू हाल फरार रहेका छन् । उनीहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Published : Tuesday, 2020 November 3, 4:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया