काठमाडौंमा बालिका करणी गर्ने अन्सारी पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१७ धोवीचौरमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजना भारतीय नागरिकलाई फक्राउ गरेको छ ।

धोवीचौरमा डेरा गरी बस्ने भारत घर भएका ४५ वर्षीय मुजबिल अन्सारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

अन्सारीले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीको टोलीले धौवीचौरस्थित साथीको कोठामा लुकीछीपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो । (फाइल तस्वीर)

Published : Tuesday, 2020 November 3, 3:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया