भारतद्वारा नवलपुरमा भीमसेन माविको भवन निर्माण

काठमाडौं । नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारले दुई करोड ५८ लाख आर्थिक सहयोगमा भीमसेन आदर्श उच्च माध्यामिक विद्यालयको भवन निर्माणपछि हस्तान्तरण गरेको छ ।

नेपालस्थित भारतीय राजदूतावास, जिल्ला समन्वय समिति, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र विद्यार्थीहरूसँग सोमबार भिडियो कन्फरेन्समार्फत भवनको उद्घाटन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नवलपुर जिल्लाको देवचुली नगरपालिका–७ मा रहेको विद्यालय सन १९६९ मा स्थापना भएको थियो । विद्यालयमा कक्षा १२ सम्म अध्यापन हुन्छ । विद्यालयमा ५५ प्रतिशतभन्दा धेरै छात्रा छन् ।

भारत सरकारको आर्थिक सहयोगमा जिल्ला समन्वय समितिले विद्यालयको १६ वटा कक्षा कोठा, प्रयोगशाला, प्रशासन तथा कर्मचारी कक्ष, बैठक कक्ष, चमेना गृह, औषधि कक्ष र सरसफाइ सुविधा रहेको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Monday, 2020 November 2, 8:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया