अध्यक्ष गैरेद्वारा उद्योग वाणिज्य महासंघमा उम्मेदवारी दर्ता

काठमाडौं । नेपाल बैदेशिक रोजगार ब्याबसायी संघले नेपाल उद्योग बणिज्य महासंघको निर्वाचनमा सदस्यमा उम्मेदवारी दिएको छ ।

संघका अध्यक्ष विष्णुप्रसाद गैरेले महासंघको सदस्य पदमा उम्मेदवारी दिएको संघका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए ।

गैरेले किशोर प्रधान नेतृत्वको प्यानलबाट वस्तुगततर्फ उम्मेदवारी दिएका हुन् । संघले किशोर प्रधानको प्यानललाई मतदान गर्न अपील पनि गरेको छ ।

महासंघको ५४औँ साधारण सभा मंसिरको ११, १२ र १३ गते हुनेछ ।

अध्यक्ष गैरेले महासंघको सदस्य पदमा सोमबार उम्मेदवारी समेत दर्ता गराएका छन् ।

Published : Monday, 2020 November 2, 7:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया