ओली सरकारले हात उठाएका बेला जलजलाद्वारा निःशुल्क पीसीआर परीक्षण

जलजला । पर्वत जिल्लाको जलजला गाउँपालिकाले सोमबारदेखि कोरोना संक्रमित पत्ता लगाउन ‘एक घर एक पीसीआर’ अभियान शुरु गरेको छ ।

जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता यामबहादुर मल्लले जनताको जीवनभन्दा ठूलो कुरा अरु केही नभएको बताए । उनले जलजला गाउँपालिकाको जनताको स्वास्थ्यको कुराप्रति आफू सचेत रहेको बताए ।

‘जलजला गाउँपालिकामा पनि कोरोना प्रवेश गरेको छ’, उनले भने, ‘पीसीआर गरेर कोरोनाका संक्रमतिको निको बनाउन त सकिदैन । पीसीआर परीक्षण गर्दा संक्रमित भेटिए भने उनीहरूको उपचारमा सहयोग मिल्छ । रोकथाममा सहयोग हुन्छ । समुदायमा फैलनबाट रोक्न सकिन्छ ।’

पीसीआर परीक्षणमा लाग्ने खर्च सबै गाउँपालिकाले व्यहोर्ने अध्यक्ष मल्लले बताएका छन् ।

जलजला गाउँपालिका–३ बेनीबाट नमूना लिन शुरु गरिएको मल्लले बताए ।

खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले कोरोना संक्रमितको उपचार र परीक्षणमा शुल्क लिन थालेका बेला जलजला गाउँपालिकाले आफ्ना जनताको निःशुल्क पीसीआर परीक्षण गर्न लागेको छ ।

Published : Monday, 2020 November 2, 12:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया