प्रचण्डका छोरीहरू सुटुक्क दिल्ली पुगे, त्यसपछि भयो यस्तो खेल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का दुई जना छोरीहरू सुटुक्क नयाँदिल्ली पुगेको रहस्य खुलेको छ ।

भरतपुर महानगरपालिकाकी मेयर समेत रहेकी रेणु दाहाल र स्वकीय सचिव समेत रहेकी गंगा दाहाल दशैँकाे टीकाकाे अर्काे दिन कात्तिक ११ गते नयाँदिल्ली गएका हुन् । स्रोतका अनुसार रेणु र गंगा झापा जिल्लास्थित नजिकै रहेको भारतको बागडोरा विमानस्थल हुँदै नयाँदिल्ली पुगेका थिए ।

नयाँदिल्ली भ्रमणका विषयमा रेणु र गंगाले केही भनेका छैनन् । उनीहरूलाई नयाँदिल्ली जानका लागि झापामा रहेका नाम चलेका चर्चित व्यापारीले व्यवस्थापन गरिदिएको बालुवाटार निकट एउटा अनलाइनले समाचार लेखेका छ ।

भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामान्त गोयलले काठमाडौं भ्रमण गरे लगत्तै दाहालका दुई छोरीहरू रेणु र गंगाले नयाँदिल्ली भ्रमण गरेका छन् । उनीहरूले भारतीय उच्च नेता र कर्मचारीहरूलाई भेट गरेको हुन सक्ने अनुमान स्रोतको छ ।

छोरीहरू नयाँदिल्लीबाट फर्किएपछि दाहाल प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

छोरीहरूले नयाँदिल्लीबाट ल्याएको सन्देशपछि दाहालले आफूलाई बलियो रुपमा प्रस्तुत गरेको एक नेताले बताए । त्यसपछि दाहालले ओलीविरुद्ध विभिन्न खेलखण्ड शुरु गरेको बालुवाटार निकट एक नेताले बताएका छन् ।

Published : Sunday, 2020 November 1, 7:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया