कांग्रेस तरुण विभागका केन्द्रीय सदस्य धानुकको निधन

काठमाडौं । नेपाली कांग्रेस बाराका महासमिति सदस्य एवं तरुण विभागका सदस्य ४५ वर्षीय मेदनी महतो धानुक (मदन मण्डल)को निधन भएको छ ।

धानुकलाई उपचारका लागि आइताबर काठमाडौं ल्याउँदै गर्दा बाटोमै निधन भएको नेपाली कांग्रेसद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।

बारा जिल्ला आदर्श कोटवाल गाउँपालिका वडा नं. ५ निवासी स्वर्गीय धानुकले नेपालको लोकतान्त्रिक आन्दोलनहरू र पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।

धानुकको निधनबाट पार्टीले एक होनाहार युवा नेतृत्वलाई गुमाएको भन्दै कांग्रेसल पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धानुकको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

नेपालको लोकतान्त्रिक आन्दोलन तथा पार्टी संगठनमा उनले पु¥याएको सक्रिय भूमिकाको स्मरण गर्दै सभापति देउवाले भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

धानुकको आत्माको चीर शान्तिको कामनाका साथ सबै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट देउवाले हार्दिक समवेदना प्रकट गरेका छन् ।

Published : Sunday, 2020 November 1, 1:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया